बेलगाम ‘आँगनका सरकार’:  फाइदाका कानून मात्र निर्माण, न्यायिक अधिकारमा हस्तक्षेप | Khabarhub Khabarhub

बेलगाम ‘आँगनका सरकार’:  फाइदाका कानून मात्र निर्माण, न्यायिक अधिकारमा हस्तक्षेप


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले बेलगाम आँगनका सरकार शीर्षकमा पहिलो पृष्ठमा सरकारलाई खबरदारी गर्दै स्थानीय सरकारको समाचार छापेको छ ।

स्थानीय सरकारलाई कार्यकारी अधिकार छ ।आफ्नो कानून आफै बनाउन सक्छन् । तर त्यो अधिकार प्रयोग गर्दैनन् बरु संघको मुख ताकेर बस्नछन् अनि बैठकका निर्णयका भरमा काम गर्छन्, जुन गैरकानूनी हुन् ।

त्यस्तै स्थानीय तहमा उपप्रमुको संयोजकत्वमा न्यायिक समिति छ । समितिलाई देवानी प्रकृतिका २४ प्रकारका मुद्दा ोजकत्वमा न्यायिक समिति छ । समितिलाई देवानी प्रकृतिका २४ प्रकारका मुद्दा छानविन गर्ने, छलफल गर्ने र न्यायिक इजलास सञ्चालन गर्ने अधिकार छ । तर, कार्यान्वयनमा कठिनाई देखिएको छ ।

संघीयताको सुस्त अभ्यास, शासनमा दक्षता अभाव, जनप्रतिनिधिका स्वार्थी नियत लगायतका कारणले स्थानीय तहका कार्यसम्पादन चुस्त हुन सकेको देखिँदैन ।

त्यस्तै पत्रिकाले नेकपाका जिल्ला नेतृत्व तय शीर्षकमा अर्को समाचार छापेको छ । नेकपाले जिल्ला तहका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार पारेको छ । जल्ला तहका तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् ।

त्यस्तै पत्रिकाले ‘विधि निर्माण थलोमै बेथिति’ शीर्षकमा सम्पादकीय लेखेको छ । भूकम्प गएको तीन वर्ष वित्दा पनि मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित दुईटा ऐतिहासिक करोहरले विकास र समृद्धिको नारालाई गिज्याइरहेका छन् ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र त्यससँगै सय मिटरको दूरीमा रहेको पुरानो प्रतिनिधिसभा भवनका जीर्ण अवस्थाले मुलुकको दुरावस्था जनाइरहेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ११ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले