पूर्व सभासद रामेश्वर ढुंगेलको निधन | Khabarhub Khabarhub

पूर्व सभासद रामेश्वर ढुंगेलको निधन


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा आज निधन भएको छ ।

मस्तिष्कघात भएपछि गत आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्षमा उपचारत उहाँको आज दिउँसो ३ः१५ बजे निधन भएको स्थानीयवासी रामहरि थापाले जानकारी दिए ।

विसं २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित ढुङ्गेलको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने स्व ढुङ्गेलका भतिजा रञ्जनराज ढुङ्गेलले जानकारी दिए ।

विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनु भएका उनले २०४० सालदेखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका अध्यक्षसमेत निर्वाचित हुनु भएको थियो ।

उनले कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालाई खानेपानी खुवाएपछि उनलाई पानी पिताका रुपमा समेत स्थानीयवासीले मान्दै आएका थिए ।

गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्षसमेत रहनु भएका ढुङ्गेलका तीन छोरा छन् भने श्रीमती सुशीलाको गतवर्ष निधन भएको थियो । ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेस भक्तपुरले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ४ : ४५ बजे

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा