बीमा शुल्क ४.२ गुणा बृद्धि | Khabarhub Khabarhub

बीमा शुल्क ४.२ गुणा बृद्धि


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष सुरु भएको ३ महिनामा बीमाशुल्क ४.२ प्रतिशतले बृद्दि गरेको छ ।

संस्थानले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद बीमाशुल्क ४.२ गुणा र अन्य आयहरुमा समेत उल्लेख्य प्रगति गर्दा बचत रकममा ६६६ प्रतिशतको सुधार देखिएको हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा संस्थानले ७८ करोड रुपैंया मात्रै बीमाशुल्क संकलन गरेको थियो । चालु आर्थिक वर्षमा भने ४ अर्ब ९ करोड रुपैंया पुगेको छ । त्यस्तै लगानीबाट प्राप्त हुने आयलाई ३६ करोड ६६ लाखबाट सुधार गरी ४५ करोड २७ लाख पुगेको विभागले जनाएको छ ।

अघिल्लो वर्षको न्यून आय र अधिक व्ययका कारण ४८ करोड ८६ लाख रुपैंयामा सीमित रहेको बचतको आकारलाई संस्थानले आय विस्तार र खर्च नियन्त्रणमार्फत् ३ अर्ब ७४ करोड रुपैंया पुराउन सफल भएको संस्थानले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षमा नयाँ प्रविधि र पहुँचलाई विस्तार गर्दै आक्रामक व्यवसाय विस्तारको रणनीतिका साथ अघि बढिरहेको छ । सोही रणनीतिको नतिजा वित्तीय सूचकहरुमा समेत देखिन थालेको संथानले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : ४२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र