भीमफेदीका जेलरविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

भीमफेदीका जेलरविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारद्वार विशेष अदालतमा दायर अभियोग पत्रमा सेवा प्रवेश गरेको मिति ४ जेठ २०५४ देखि आर्थिक वर्ष २०७५÷०७६ सम्म १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ अवैध रुपमा आर्जन गरेका दाबी गरिएको छ ।

अख्तियारका अनुसार थापाले अवैध रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती गोमा कट्टेल थापाको नाममा राखेको पनि देखिएको छ ।

अख्तियारले थापासहित उनकी श्रीमती गोमाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले थापाविरुद्ध १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो असुल उपर गरी बिगोअनुसार जरिवाना र सम्पत्ति जफतसहित २ वर्ष कैद सजायको मागदाबी गरेको छ ।

यस्तै, थापाकी श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै उनीविरुद्ध अभियोग पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ५२ बजे

इलाम–२ को अपडेट : सुहाङको अग्रता कायमै

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि