फेसबुकले ल्यायो डिजिटल पेमेन्ट सेवा 'फेसबुक पे' | Khabarhub Khabarhub

फेसबुकले ल्यायो डिजिटल पेमेन्ट सेवा ‘फेसबुक पे’


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले पनि ई–पेमेन्ट सिस्टम ‘फेसबुक पे’ को सुरुवता गरेको छ । पछिल्लो समय डिजिटल पेमेन्टको बढ्दो बजारलाई मध्यनजर गर्दै फेसबुकले यो सेवा सुरु गरको हो ।

अमेरीकाबाट यसको सुरुवात भएको छ । अमेरिकामा म्यासेन्जर र फेसबुकमा ‘फेसबुक पे’ सुरु भएको जनाइएको छ । भने, विस्तारै यसलाई विश्व व्यापी बनाउने उल्लेख गरिएको छ ।

फेसबुकका अनुसार पहिलो चरणमा यो सेवा फेसबुक, म्यासेन्जरबाट सुरु गरिएको भएता पनि आगामी दिनमा इन्स्टाग्राम र ह्वाट्सएपमा पनि उपलब्ध हुनेछ । आफ्ना लोकप्रिय सामाजिक सञ्जाल तथा एपमार्फत भुक्तानी सुविधा दिने गरी फेसबुकले यो डिजाइन गरेको हो ।

यसमार्फत पैसा पठाउन तथा पाउन, किनमेल गर्न, गेमको पेमन्ट गर्न, कुनै कार्यक्रमको टिकट काट्न अथवा फण्ड राइजरहरुलाई सहयोग गर्न प्रयोग गर्न सकिने जनाइएको छ ।

फेसबुकका अनुसार यो सेवा फेसबुकको क्यालिब्रा वालेट र लीब्रा नेटवर्क भन्दा अलग हुनेछ । यो सेवा हाल फेसबुक तथा म्यासेन्जरेको सेटिङमा उपलब्ध छ । जसले धेरै जसो डेबिट तथा क्रेडिटकार्ड सपोर्ट गर्ने जनाइएको छ । फेसबुकको ई-पेमेन्टबाट पे–पाल अकाउण्टमा समेत पैसा पठाउन र पाउन सिकने जनाइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : २४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई