अक्षय कुमार अस्पताल पुग्दा फ्यान चिन्तित | Khabarhub Khabarhub

अक्षय कुमार अस्पताल पुग्दा फ्यान चिन्तित


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यतिबेला बलिउड सेलिब्रेटी एकपछि अर्को गर्दै बिरामी परेका छन् । गायिका लता मंगेशकर अस्पतालमा भर्ना भएकी थिइन् ।

बलिउडका बिगबी अमिताभ बच्चनको पनि स्वास्थ्य अवस्था सामान्य नहुनाले आराम गरिरहेका छन् ।

केही हप्ताअघि अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङका दौरान चोट लागेको थियो । यसले अक्षयका फ्यान चिन्तित बनेका छन् ।

अक्षय कुमारलाई ‘सूर्यवंशी’ का बेला लागेको चोट बढ्दै गएपछि अस्पताल भर्ना भएको हल्ला चलेको थियो । तर, यो हल्लामा कुनै सत्यता नभएको बुझिएको छ ।

फ्यानले भने अक्षय बिरामी परेका हुन् कि भनेर चिन्ता व्यक्त गरेका छन् । ‘सूर्यवंशी’ का बेला अक्षयलाई चोट लागे पनि उनले शूटिङ रोकेका थिएनन् ।

खबरका अनुसार अक्षय कुमार अस्पताल त पुगेका थिए । तर आफू बिरामी भएर भन्दा पनि उनी आफ्नी पत्नी ट्वीङ्कलकी आमा डिम्पललाई भेट्न अस्पताल पुगेका थिए ।

डिम्पललाई पनि फिल्मको शूटिङका बेला सामान्य चोट लागेको थियो । उनले अस्पतालमा उपचार गराइरहेकी छिन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : २३ बजे

शृंखला गुमाएको नेपाल वेष्ट इन्डिज ‘ए’विरुद्ध फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको शृंखला

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने

काठमाडौं – वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँचौं तथा अन्तिम खेलको पहिलो इनिङमा

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन