सचिनले गरे पशुपतिको दर्शन | Khabarhub Khabarhub

सचिनले गरे पशुपतिको दर्शन


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिकेटका भगवानको उपमा पाएका भारतीय क्रिकेटर सचिन रमेश तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

युनिसेफको ३० औं बार्सिकोत्सबको अवसरमा नेपाल आएका सचिनले आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् ।

सचिनसँगै नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि पशुपतिनाथ मन्दिर पुगेका थिए ।

युनिसेफको दक्षिण एसियाका सद्भावना दूत रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको हो ।

सचिन शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेका थिए भने बेलुका काभ्रे समेत पुगेका थिए । त्यहाँ रहँदा सचिनले स्थानीय बालबालिकासँग ढाका टोपी लगाएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : ०२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र