बेल्जियमले रुसलाई ४-१ गोल अन्तरले हरायो | Khabarhub Khabarhub

बेल्जियमले रुसलाई ४-१ गोल अन्तरले हरायो


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ईडेन हजार्ड चम्किएको खेलमा बेल्जियमले युरोकप छनोटमा सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बेल्जियमले रुसलाई ४–१ गोल अन्तरले हराएको छ ।

बेल्जियम यसअघिनै युरोकपमा छनोट भईसकेको थियो । बेल्जियमले छनोटको अन्तिम खेलमा साईप्रससंग खेल्नेछ । रुस समेत दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट पक्का गरिसकेको छ ।

जितसंगै बेल्जियमले युरोकप छनोट अन्तर्गत समूह आईबाट शीर्ष स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्ने भएको छ ।

हजार्ड दाजु भाईले तीन गोल गर्दा बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए । खेलको १९ औ मिनेटमा थोर्गान हजार्डले बेल्जियमलाई अग्रता दिलाए । ३३ औ मिनेटमाम ईडेन हजार्डले अग्रता दोब्बर पारे ।

उनैले ४० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० ले अघि बढाए । ७२ औ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई जित नजिक पुर्याएका थिए ।

७८ औ मिनेटमा घरेलु टोली रुसका जोर्जिया जकियाले एक सान्त्वना गोल फर्काएका थिए । शीर्ष स्थानको बेल्जियमको ९ खेलबाट २७ अंक रह्यो । दोस्रो स्थानको रुसको २१ अंक रह्यो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ५५ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल