बर्सेनि २५ हजार मानिसले लिन्छन्, मर्नुअघि मृत्युको अनुभव | Khabarhub Khabarhub

बर्सेनि २५ हजार मानिसले लिन्छन्, मर्नुअघि मृत्युको अनुभव


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- धेरै मानिस जीवन जिउन अनेकौं संर्घष गर्दछन् । सकेसम्म आफूलाई जीवित राख्न कैयौं कष्टहरुको सामना गर्नुपर्ने हुन्छ । किनकी लामो समय बाच्ने हरेक मानिसको चाहना हुन्छ ।

केही अपवादबाहेक हरेक मानिस मर्न चाहँदैनन् । त्यसैले बाच्नका लागि सकेसम्म मानिस जे गर्न पनि तयार हुन्छ । तर यो संसारमा केही यस्ता मानिस पनि छन्, जो मृत्यु अघि नै मरेको अनुभव गर्न चाहन्छन् । यी मानिसहरु जीवित छँदै मृत्युको अनुभव गर्न आफ्नो अन्त्येष्टिको अभ्यास गर्छन् भन्दा पत्याउन ग्राहो होला ।

दक्षिण कोरियामा जीवन बुझ्न भन्दै बर्सेनि हजारौँ मानिस आफ्नो मृत्यु अघि मृत्युको अनुभव गर्ने गर्दछन् ।

उनीहरु १० मिनेटसम्म शव राख्ने बाकस (कफन)मा सुत्ने गर्दछन् । त्यस अवधिमा मानिसको अन्त्येष्टिमा गरिने सबै प्रक्रियाहरु पूरा गरिन्छ ।

यस प्रक्रियालाई ‘लिभिङ्ग फ्युनरल’ अर्थात जीवन छदै अन्त्येष्टि भन्ने गरिन्छ । ह्याभन नामक कम्पनीले सन् २०१२ बाट जीवित मानिसले मृत्युको अनुभव लिन सक्ने यस तरिकाको सुरुवात गरेको हो । जसमा हरेक बर्ष २५ हजार मानिस मृत्युको अनुभव लिइरहेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : ४७ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको