नेकपाको चियापानमा जे देखियो (२० तस्वीर) | Khabarhub Khabarhub

नेकपाको चियापानमा जे देखियो (२० तस्वीर)


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंको भृकुटीमण्डमा चियापान आयोजना गरेको छ ।

बडादशैं, तिहार तथा छट पर्वको शुभकामना आदानप्रदान गर्न चियापानको आयोजना गरिएको हो । चियापानका अवसरमा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पौडेल, नारायकाजी श्रेष्ठलगायतका नेता कार्यकर्ताहरु उपस्थित रहेका थिए ।

बुधबार दिउँसो १२ बजेदेखि शुरू भएको चियापान अपरान्हसम्म चलेको थियो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाललगायत नेकपाले नेता चियापान कार्यक्रमलाई सम्बोधन गरेका थिए।

चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत पनि उपस्थित थिए।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ६ : ५१ बजे

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित