बसले किचेर बालकको मृत्यु भएपछि बट्टार बजारमा तनाव ! | Khabarhub Khabarhub

बसले किचेर बालकको मृत्यु भएपछि बट्टार बजारमा तनाव !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालकको घटनास्थलमै ज्यान गएपछि स्थानीयले चालकलाई घाइते हुने गरी कुटेका छन् भने बससमेत तोडफोड गरेका छन् ।

घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको  प्रहरीले जनाएको छ । मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

मृतक बालकका आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द समेत गराएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ३ : ३६ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा