सरकारको काम थाहा पाउन आँखा बन्द गरेर होइन खोलेर हेर्नुपर्छ– प्रधानमन्त्री | Khabarhub Khabarhub

सरकारको काम थाहा पाउन आँखा बन्द गरेर होइन खोलेर हेर्नुपर्छ– प्रधानमन्त्री


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् ।

दशैं तिहार छठ लगायतका पर्वहरुको अवसरमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही पनि गरेन भनेर भन्नेहरुलाई ‘आँखा खोलेर हेर्न’ आग्रह गरेका छन् ।

‘केही मानिस निश्चित उदेश्य बोकेर केही भएको छैन भन्ने भ्रम फैलाउँदै हिँडेका छन्,’ प्रधानमन्त्रीले भने,‘आँखा बन्द गरेर केही भएन भन्नेहरुले के भिन्नता छ भनेर थाहा पाउन आँखा खोलेर हेर्नुपर्छ ।’

विमानस्थल निर्माण, सडक निर्माण, पाइपलाइनबाट पेट्रोलियम पदार्थ लगायतका काम सरकारले गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  २ : १४ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड