खाना फ्याक्ने परिपाटी बन्द गरौंः कृषि मन्त्री | Khabarhub Khabarhub

खाना फ्याक्ने परिपाटी बन्द गरौंः कृषि मन्त्री


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वका कतिपय मुलुक अझै पनि पौष्टिक आहार र भोकमारीको चपेटामा छन् । तर नेपालमा त्यस्तो अवस्था नरहेको कृषिमन्त्री चक्रपाणी खनालले बताए ।

बुधवार १३ औं विश्व खाद्य दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।

खाना नपाएर कोही नमर्ने बताउँदै खनालले भने, ‘बरु अव्यवस्थित र धेरै खाना खाएर मान्छे मर्न सक्छ’ ।

उनले शरीरलाई पुग्ने गरी खाना नजान्नेहरु धेरै भएको बताए । ‘दीर्घजीवन हुनुपर्छ’ उनले भने ‘त्यसका लागि जमिन पनि स्वच्छ हुनुपर्छ’ ।

‘नेपालमा जस्तै दक्षिण एशियामा भोकमारीभन्दा खानाको व्यवस्थापन समस्या बन्दैछ । नेपाल अहिले जुन ठाउँमा छ त्यसबाट अघि बढ्न सम्बन्धित मन्त्रालयले केन्द्रीकृत योजना बनाएर अघि बढ्नुपर्छ । नेपालबाट विगतदेखि विश्वमाझ झण्डा उठाइरहेका छौं’ उनले भने ‘त्यसलाई निरन्तरता दिदैं खाना फ्ँयाक्ने परिपाटी बन्द गरौ र त्यसको सन्देश विश्वलाई दिउ’ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १ : ५४ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला