८०३ केजीको फर्सी फलाउने दम्पत्तीले पाए २ लाख ५० हजार इनाम | Khabarhub Khabarhub

८०३ केजीको फर्सी फलाउने दम्पत्तीले पाए २ लाख ५० हजार इनाम


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईले कति ठूलो फर्सी देख्नु भएको छ ? सायद ५ किलो वा १० किलोको हुन सक्ला ।

औसतमा फर्सिको वजन ५ देखि १० किलोसम्म हुने गर्छ । तर क्यानडाको ब्रुस काउन्टिस्थित पोर्ट एल्गिन गाउँमा ८ सय किलो भन्दा बढी तौलको फर्सी प्रर्दशनीका लागि राखिएको थियो ।

क्यानडाको पोर्ट एल्गिन गाउँमा हरेक वर्ष फर्सी प्रतियोगिता हुने गर्दछ । हालै भएको उक्त प्रतियोगितामा क्यानडाको ओन्टारियोस्थित क्यामेरोनका बान्सिदा जेन र फिल हन्ट दम्पत्तिले ८ सय ३ किलोको फर्सी प्रर्दशनीमा ल्याएका थिए ।

प्रदर्शनीमा राखिएका चिजहरुमध्य सबैभन्दा ठूलो आकारको फर्सीलाई विजेता गरिएको थियो । फर्सी फलाउने ती दम्पत्ति पुरस्कृत भएका थिए ।

सबैभन्दा ठूलो फर्सीको उपाधि जित्दै हन्ट दम्पत्तिले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

उक्त प्रतियोगितामा अरु प्रजातीका तरकारी तथा फलफूलको समेत प्रतिस्पर्धा भएको थियो ।

जसमा ५७ केजीको खरबुजा, १२७ इन्च लम्बाईको लौका, २१ केजी बन्दागोबी, साढे २ केजीको टमाटर, २ सय ३९ इन्च लम्बाईको मकैको बोट, १०६ केजीको कुभिण्डो, ८ केजीको काँक्रोका साथै आधा केजीको खोसार्नी लगायतले पुरस्कार जितेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर