कम्मर दुख्नुका कारण र समाधानका उपाय | Khabarhub Khabarhub

कम्मर दुख्नुका कारण र समाधानका उपाय


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दैनिक काममा खटिँदा मानिसमा ढाड अर्थात कम्मरको दुखाइको अझ बढी महशुस हुन्छ ।

कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो । यसले पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ ।

कम्मरमा हुने लचकताले नै शरीर बलियो र लचिलो हुने गर्दछ । तर अधिकांश मानिस कम्मर दुखाईका कारण निकै असहज जीवनयापन बिताइरहेका हुन्छ । यस्ता समस्या भएमा यी तरिका अपनाउँदा कम्मर दुखाईबाट छुटकारा मिल्न सक्छ ।

किन दुख्छ कम्मर ?

कम्मर दुख्नुको मुख्य कारण भनेको मानिसको अव्यवस्थित जिवनशैली र खानपान नै हो । केहीमा शारीरिक रोग पनि हुनसक्छ ।

सामान्यतया कम्मरमा असर पर्ने काम गरेमा, धेरैबेर निहुरीएमा, अगाडि पछाडि धेरै झुकेमा, भारी सामान बोकेमा, गर्धन झुकाएर बसेमा र सुताई नमिलेमा कम्मर दुख्ने समस्या देखिन्छ ।

यसका अलावा एकैनासको बसाईमा सवारी चलाउँदा, मोटोपनाले गर्दा नसा च्यापिदाँ, उचाई अनुसार तौल नमिल्दा कम्मर दुख्ने गर्दछ । यसरी दुख्ने कम्मर कसैको बीच भागमा त कसैको दायँँ भागमा दुख्ने गर्छ ।

कम्मर दुख्दा खुट्टासम्म झमझम गर्ने र धेरै दुखेमा खुट्टाले टेक्न ग्रँहो समेत हुन्छ ।

कसरी कम गर्ने ?

कम्मर दुखाई हुन नदिन उचित आहार तथा जिवनशैली व्यवस्थित बनाउनु नै उत्तम उपाय हो । सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ । लामो समय काम गरे पछि केहि बेर आराम गर्नुपर्छ ।

असहज बसाईपछि हातगोडा तन्काउने तथा केहि बेर हिडडुल गर्नुपर्छ । यसो गर्नाले ढाड, पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन् । चिकित्सकहरुका अनुसार केहीमा कम्मर दुख्ने स्वास्थ्यमा देखिने केही रोगहरुको लक्षण पनि हुनसक्छ ।

आराम गर्दा, दैनिक व्यायाम गर्दा पनि कम्मर दुख्ने समस्या समाधान भएन भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : १२ बजे

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ