स्वीडेनसँग बराबरी खेल्दै स्पेन युरोकपमा छनोट | Khabarhub Khabarhub

स्वीडेनसँग बराबरी खेल्दै स्पेन युरोकपमा छनोट


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्वीडेनसँग बराबरी खेल्दै स्पेन अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएको छ ।
मंगलबार राति समुह एफको खेलमा स्वीडेनसंग १–१ गोलको बराबरी खेल्दै स्पेन युरोकपका लागि छानिएको हो ।

स्पेनलाई छनोट हुन मात्र १ अंकको आवश्यकता थियो । गएराति भएको खेलमा उसले स्वीडनसँग बराबरी खेल्दै १ अंक जोडेको हो ।

खेलमा अग्रता स्वीडेनले लिएको थियो । खेलको ५० औ मिनेटमा मार्कस बर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए पनि अग्रता जोगाउन सकेनन् । दोस्रो हाफको ईन्जुरी समयमा रोड्रिगोले गोल गर्दै स्पेनको अंक जोडेका थिए ।

दोस्रो हाफमा घाइते भएपनि मैदान छाड्नु अघि स्पेनका गोलकिपर डेभिड डी जियाले रोबिन क्वेसनको उत्कृष्ट हेडको बचाउ गरेका थिए ।
समुह एफबाट स्पेनले ८ खेलबाट २० अंक जोड्यो । स्पेनले दुई खेल बाँकी छदाँ तेस्रो स्थानको रोमानियासंग ६ अंकको अग्रता लिएको हो । स्पेन युरोकपमा छनोट हुने छैटौ टिम बनेको छ । यसअघि बेल्जियम, ईटाली, रुस, पोल्याण्ड र युक्रेन प्रतियोगितामा छनोट भइसकेका छन् । युरोकपमा स्पेन तीन पटकको विजेता टोली हो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ६ : ४६ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा