संविधान दिवसको दिन 'ब्ल्याक आउट' गर्ने राजपाको निर्णय | Khabarhub Khabarhub

संविधान दिवसको दिन ‘ब्ल्याक आउट’ गर्ने राजपाको निर्णय


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालले संविधान दिवसको दिन ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ ।

२०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरिएको र अझै संविधान संशोधन नगरेको भन्दै विरोधस्वरुप संविधान दिवसका दिन ब्ल्याक आउट गर्ने निर्णय गरेको राजपा नेपालका सहमहामन्त्री संजय यादवले बताए ।

असोज ३ गते दिउँसो २ बजेदेखि प्रत्येक जिल्लामा विरोध जुलुस प्रदर्शन गर्नुको साथै साँझ ७ बजेदेखि ७ः१५ वजेसम्म ब्ल्याक आउट गर्ने निर्णय भएको उनले जानकारी दिए । जसका लागि २७ जिल्लामा ४२ जनालाई खटाइएको छ ।

लोक दलका अध्यक्ष कौशल कुमार सिंहले पनि विभिन्न जिल्लामा विरोधका कार्यक्रम आयोजना गर्नुको साथै ७ः१५ वजे ब्ल्याक आउट गर्ने निर्णय गरेको जानकारी दिए ।

डा।बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले असोज ३ गते हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ४७ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज