नगर प्रहरीलाई विशेष तालिम | Khabarhub Khabarhub

नगर प्रहरीलाई विशेष तालिम


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- पेशागत र व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले नगर प्रहरीका लागि आयोजना गरेको ‘विशेष तालिम’ सम्पन्न भएको छ ।

पाँच नम्बर प्रहरी तालीम केन्द्र बुटवलमा आयोजना गरिएको २५ दिने सो तालिममा नगर प्रहरीका प्रहरी सहायक निरीक्षक एक, प्रहरी हवल्दार तीन र प्रहरी जवान १२ गरी कूल १६ जना नगर प्रहरीको सहभागिता थियो ।

उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणपत्र र दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । सो अवसरमा उहाँले पेशागत र व्यवसायिक मर्यादामा बसेर कुशलतापूर्वक काममा खट्न नगर प्रहरीलाई निर्देशन दिए ।

तालिममा प्रहरी अनुशासन, नगर प्रहरीमा हुनुपर्ने गुणहरु, काम, कर्तव्य, अधिकार, आगन्तुक अभिलेख, खतराको परिचय तथा खतराको मूल्याङ्कनका आधारहरु, तनाव व्यवस्थापन, मेला पर्व, आमसभा र जुलुसको समयमा गर्ने सुरक्षा व्यवस्थापन, ट्राफिक र ई–रिक्साको व्यवस्थापन, हाट बजार व्यवस्थापन, अग्नि नियन्त्रण र सरसफाइ व्यवस्थापनबारेमा प्रशिक्षण दिएको प्रदेश नं. ५ प्रहरी तालीम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ३२ बजे

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भएँ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू