डेंगुबारे सुक्ष्म अनुसन्धान भएको स्वास्थ्य परिषदको दावी | Khabarhub Khabarhub

डेंगुबारे सुक्ष्म अनुसन्धान भएको स्वास्थ्य परिषदको दावी


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ ।

डेंगु रोगबारे आवश्यक अनुसन्धानसमेत नगरिएको भन्दै सरकारको आलोचना भईरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार पत्रकार सम्मेलन गरी डेंगुबारे सुक्ष्म रुपले अनुसन्धानको काम गरिएको प्रष्टयाएको हो ।

डेंगु लाग्नुको कारणबारे मिहिन ढंगले अनुसन्धान भईसकेको परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए । उनले डेंगुबारे अनुसन्धान नै नभएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारे ।

परिषदले डेंगु लाग्न नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालनको काम पनि सुरु गर्ने घोषणा गरेको छ । परिषदका अध्यक्ष झाले डेंगु लाग्न नदिने गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

घरभित्र र घर वरपर विशेष ढंगले सफाइ गरे डेंगुको संक्रमण नहुने परिषदले जनाएको छ । परिषदले लामखुट्टेको नियन्त्रणका लागि घरभित्र र बाहिर कुनै पनि ठाउँमा पानी जम्न दिन नहुनेतर्फ पनि सचेत गराएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ५ : ०९ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि