उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण, दक्षिणसँग वार्तामा नबस्ने | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण, दक्षिणसँग वार्तामा नबस्ने


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले शुक्रबार थप दुई छोटो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

शुक्रवार सबेरै उत्तर कोरियाले पूर्वी तट पारी दुईवटा क्षेप्यास्त्र प्रहार गरेको हो । गत केही साता यता उत्तर कोरियाले छैटौँ त्यस्तो प्रहार हो । छ दिनअघि पनि उत्तर कोरियाले दुईवटा छोटो दुरीका क्षेप्यास्त्र जापानको सागरमा प्रहार गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा भएको भेटघाटमा परमाणु निरस्त्रीकरणबारे वार्ता पुन सुरु गर्ने सहमति भएपश्चात् उत्तर कोरियाली शृङ्खलाबद्ध क्षेप्यास्त्र परीक्षण गरेको हो ।

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण पछि अब दक्षिण कोरियासँग वार्तामा नबस्ने चेतावनी दिएको छ । उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि दक्षिण कोरिया अझै वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिएको हो ।

केही समयअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने बताएका थिए । लामो समयदेखि परमाणुअस्त्र विकासको आरोपमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ८ : ०६ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार