राजधानी बाहिरबाट ६७ हजार कामदारले लिए पुनः श्रम स्वीकृति | Khabarhub Khabarhub

राजधानी बाहिरबाट ६७ हजार कामदारले लिए पुनः श्रम स्वीकृति


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंभन्दा बाहिरबाट ६७ हजार वैदेशिक रोजगारीमा जाने कामदारले पुनः श्रम स्वीकृति लिएका छन् ।

सरकारले गत पुसदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा पुनः श्रम स्वीकृति काठमाडौं बाहिरबाट जारी गर्ने सुरु गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ पुस महिनादेखि सातवटै प्रदेशबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको थियो । गत आर्थिक वर्षमा ६७ हजार ३ सय ८४ युवाले प्रदेशस्तरीय वैदेशिक रोजगार कार्यलयबाट श्रम स्वीकृति नवीकरण गराएका वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

विभागका अन्तगतका जनकपुर, विराटनगर, बुटवल, सुर्खेत र धनगढी कार्यलयबाट पुनः श्रम स्वीकृतिको दिइन्छ ।

विदेशबाट फर्किएर पुनः सोही गन्तब्यमा जाने अनुमतिका लागि काठमाडौंमा आउनुपर्ने बाध्यता कामदारमा थियो । यो बाध्यता पनि हटेको छ । भने, बिचौलियाबाट ठगीने क्रम पनि अन्त्य हुँदै गएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  २ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर