नेकपा प्रमुुख सचेतक ढकालको घरमा आक्रमण, गाडीमा आगजनी | Khabarhub Khabarhub

नेकपा प्रमुुख सचेतक ढकालको घरमा आक्रमण, गाडीमा आगजनी


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा विहीबार राति अज्ञात समूहबाट आक्रमणको प्रयास भएको छ ।

प्रमुख सचेतक ढकालको घरमा आक्रमणको प्रयास गर्दै अज्ञात समूहले त्यहाँ राखिएको लु १ प ४५६ नम्बरको सरकारी गाडीको सिसा तोडफोड गर्नुका साथै आगजनी गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए ।

राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको समूहले आगजनी गरको प्रहरीले जनाएको छ ।

‘नेता ढकाल केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ । सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत हुनुहुन्छ ।’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने, ‘नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको हो ।’

गाडी तोडफोड गर्ने समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ४९ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार