कांग्रेसका तीन कोइरालालाई १२१ किलोको एउटै माला | Khabarhub Khabarhub

कांग्रेसका तीन कोइरालालाई १२१ किलोको एउटै माला


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालालाई वीरगञ्जमा एउटै माला पहिर्‍याइएको छ ।

तीन जना काइरालालाई नेताले शनिबार वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा जीपी कोइराला फाउण्डेशनको अवसरमा एउटै माला पहिर्‍याइएको हो ।

फाउण्डेशनको उद्घाटन गर्न पुगेका कांग्रेसका नेताहरूलाई फाउण्डेशन र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले मञ्चमा १ सय २१ किलोको माला लगाइदिएर स्वागत गरेका थिए ।

कोइराला परिवार राजनीतिमा तीनतिर होइन एक भएर अघि बढ्नुपर्ने भन्दै आयोजकले एउटै माला लगाइदिएका हुन् । केही समयअघि गृह जिल्ला मोरङको विराटनगरमा पनि शुभेच्छुकहरूले कोइराला परिवारका नेतालाई एउटै माला लगाइदिएका थिए ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ४८ बजे

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको