अब १ डलर मै किन्न पाइन्छ घर | Khabarhub Khabarhub

अब १ डलर मै किन्न पाइन्छ घर


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदी तपाईंलाई कफीको मूल्यमा कसैले घर किन्न पाइन्छ भन्यो भने हास्नु हुन्छ होला । तर यो वास्तविकता हो, त्यो पनि यूरोपमा ।

युरोपको इटलीमा १ डलर (करिब ११० रुपैयाँ)मा घर किन्न पाइने नयाँ योजना त्यहाँको सरकारले ल्याएको छ । त्यो पनि समुद्र तटमा । निकै राम्रो दृश्य देख्न पाइने यो स्थानमा यति सस्तोमा घर किन्न पाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मानिसहरु पलायन हुन थालेपछि इटलीको एक शहरले एक डलरमा घर दिने योजना अघि सारेको हो ।

इटलीको सारदिनिया शहरमा १ डलरमा पाइने छ । मेडिटेरियन टापुको सारदिनियामा समुद्रको किनारामा शानदार दृश्य देख्न पाइने स्थानमा घर बेच्न लागिएको हो । यो शहरलाई विरानो र सुनसान हुनबाट बचाउनका लागि त्यहाँको सरकारले यस्तो अनौठो योजना ल्याएको हो ।

के हो शर्त ?

एक डलरमा घर किन्नका लागि केही शर्तहरु राखिएको छ । जसका लागि पहिला ५ हजार पाउण्डको रिफन्डेबल सिक्युरेटी जम्मा गर्नुपर्ने हुन्छ । यसपछि नयाँ घरका मालिकलाई तीन वर्ष भित्र घरलाई जिर्णोद्धार गर्नुपर्छ ।

त्यसपछि रिफन्डेबल सिक्योरिटीको रकम फिर्ता लिन पाइन्छ ।

यो शहरलाई प्राचीन युनानीहरुले बसाएका थिए । जसलाई विरानो हुनबाट जोगाउन सरकारी अधिकारीहरुले यस्तो अनौठो स्किम ल्याएका हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ३ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर