मौसममा बदली, काठमाडौंमा असिना पानी (फोटो फिचर) | Khabarhub Khabarhub

मौसममा बदली, काठमाडौंमा असिना पानी (फोटो फिचर)


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता मुलुकभरको मौसम सक्रिय रहेको छ । मनसुन सक्रिय भएसँगै देशभर बदली र वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार शुक्रबारबाट तीन दिन मुलकभर वर्षा र हिमपातको सम्भावना छ । आइतबारबाट मौसममा सुधार आउने छ ।

काठमाडौं उपत्यकामा शुक्रबार दिनभर मौसममा बदली भए पनि शनिबार दिउँसो भने भारी वर्षा भयो ।

एक हप्ता अगाडि काठमाडौं उपत्यकामा हिमपात सँगै वषा भएको थियो । काठमाडौंका चन्द्रागिरी, फुलचोकी, शिवपुरी आसपासका क्षेत्रमा हिमपातले हरिया जंगल सेताम्मे बनेका थिए ।

तर, फागुन लागेसँगै हिमाली क्षेत्रमा हिमपात भएपनि काठमाडौं उपत्यकामा भने असिना पानी परेको छ ।

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली भएको जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ३ : १४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई