दक्षिणी सीमामा पर्खाल निर्माणका लागि ट्रम्पद्वारा राष्ट्रिय संकटको घोषणा | Khabarhub Khabarhub

दक्षिणी सीमामा पर्खाल निर्माणका लागि ट्रम्पद्वारा राष्ट्रिय संकटको घोषणा


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्नका लागि राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको रोज गार्डेनमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् । सन् १९७५ मा जारी भएको ‘राष्ट्रिय संकट अधिनियम’ अनुसार संकटकालको घोषणा गरिएको जनाए ।

यसअनुसार संकटकालको घोषणा गरेपछि राष्ट्रपतिले संकटकालीन शक्तिको प्रयोग गर्दै कङ्ग्रेसलाई छलेर आफ्ना योजना लागू गर्न पाउने व्यवस्था छ ।

ट्रम्पले यसअघिका राष्ट्रपतिहरुले पनि विभिन्न समयमा आफ्ना योजना लागू गर्न संकटकालको घोषणा गरेको जनाउँदै मेक्सिकोसँगको सीमामा पर्खाल लगाइछाड्ने दृढता व्यक्त गरे ।

कङ्ग्रेसले आफ्नो योजनाअनुरुप पर्खाल लगाउन पर्याप्त खर्च नदिएको भन्दै उनले मेक्सिकोसँगको सीमामा छिटो गरी पर्खाल लगाउन संकटकालको घोषणा गर्नुपरेको बताए ।

मेक्सिकोबाट लागूऔषध तस्कर, हत्यारा, अपराधी, अवैधानिक आप्रवासीहरु अमेरिकातर्फ आइरहेको र त्यसलाई नियन्त्रण गर्न अमेरिकाको दक्षिणी सीमामा पर्खाल अनिवार्य रहेको ट्रम्पको भनाइ छ ।

यता ट्रम्पले संकटकाल घोषणा गरेपछि डेमोक्रेटिक पार्टी तथा ट्रम्पको आफ्नै रिपब्लिकन पार्टीभित्र समेत आलोचना भएको छ । डेमोक्रेटिक पार्टीका नेताहरु न्यान्सी पेलोसी, चक सुमेर लगायतले ट्रम्पले घोषणा गरेको संकटकालको तीब्र आलोचना गरेका छन् । त्यस्तै रिपब्लिकन पार्टीका केही नेताहरुले पनि ट्रम्पले घोषणाको आलोचना गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै डेमोक्र्यटहरुले ट्रम्पको घोषणा विरुद्ध कानूनी उपचारको बाटोमा पनि जानसक्ने चेतावनी दिएका छन् । तर, कानूनी लडाईंका लागि पनि ट्रम्प प्रशासन तयार रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १२ : १६ बजे

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल