ललितपुर महानगरको ५ अर्ब ३१ करोडको बजेट पारित | Khabarhub Khabarhub

ललितपुर महानगरको ५ अर्ब ३१ करोडको बजेट पारित


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिका चौथो नगरसभाले आगामी आर्थिक वर्ष २०७६∕२०७७ को लागि ५ अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ ।

नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाले आर्थिक वर्ष २०७६∕२०७७ को बजेटमा पूर्वाधार, मूर्त तथा अमूर्त सम्पदा संरक्षण, हरियाली संरक्षणलाई प्राथमिकतामा राखेको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले भने, ‘पूर्वाधार निर्माणसँगै, हरियाली प्रव नलाई प्राथमिकतामा राखेका छौं । ’

विकास सूचकांकको आधारमा महानगरपालिकाले वडाहरुलाई तीन किसिममा वर्गिकरण गरि बजेट छुट्याएको छ । पहिलो किसिममा परेका वडालाई एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

यस अन्तर्गत महानगरका वडा नं १,६ ७, ८,१०, ११, १९ रहेका छन् । दोस्रोमा परेका वडालाई दुई करोड छुट्याइएको छ । यस अन्तर्गत २,३,४,५,९,१३,१४, १५, १७ छन् ।

तेस्रो किसिममा परेका वडाहरुलाई दुई करोड ७५ लाख छुट्याइएको छ । जसमा वडा नं १२, १६, १८ , २० २१ , २२, २३,२४, २५, २६, २७, २८, २९ पर्छन् ।

मेयर महर्जनले महानगरका सबै वडामा विकास समान गतिमा नभएकाले वर्गिकरण गरी विकास खर्चको आवश्यकता अनुसार बजेट छुट्याएको बताए । ललितपुर महानगरपालिकामा २९ वडा रहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : ३९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय