चार नाल भरुवा बन्दुकसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

चार नाल भरुवा बन्दुकसहित तीन जना पक्राउ


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन् ।

इलाम र पाँचथरको सीमा क्षेत्रमा शङ्कास्पद गतिविधि भएको सूचनाको आधारमा इलाम जिल्ला प्रहरी कार्यालय र पाँचथर जिल्लाको पौवास्थित इलाका प्रहरी चौकीको संयुक्त टोलीले चार नाल बन्दुक र त्यसमा प्रयोग गरिने बारुद, फलामका टुक्रालगायत खरखजना बरामद गरेको हो ।

गस्ती टोलीले उनीहरूको गोठमा खानतलासी गर्दा राईको गोठमा बारुद भरिएको बन्दुक एक नाल बन्दुकसहित फलामका टुक्रा तथा बारुद फेला पारेको थियो भने फागोको गोठबाट बारुद भरिएको एक नाल बन्दुक र खाली दुई नाल बन्दुकसहित सोमा प्रयोग हुने बारुदलगायत खरखजना बरामद गरेको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : ३४ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार