छविराजका कारण शिल्पा रोएपछि केकीले लेखिन् भावुक नोट ! | Khabarhub Khabarhub

छविराजका कारण शिल्पा रोएपछि केकीले लेखिन् भावुक नोट !


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको झगडा असामान्य बन्दै गएपछि शिल्पा यतिबेला पारपाचुकेको प्रक्रियामा छिन् । आफूले विगत ३ वर्षदेखि घरेलु हिंसा भोग्नुपरेको भन्दै असार २५ गते उनले पति छविराज ओझाविरुद्ध उजुरी दिएकी थिइन् । त्यो उजुरी त प्रहरीकहाँ पुगेर मिल्यो तर उक्त पीडाले शिल्पालाई भने छोडेन ।

सोही कारण शिल्पाले छविराजसँग छुट्टिने निर्णय गरेको बताएकी छिन् । छविराजले भने विगतमा भएका गल्ती कमजोरीलाई औँल्याउँदै अब मिलेर बस्न आग्रह गर्दै आएका छन् ।

यसैबीच नायिका केकी अधिकारीले शिल्पाको समर्थन गर्दै सबैलाई हिंसाविरुद्ध बोल्न साहस जुटाउन आग्रह गरेकी छिन् । सामाजिक सञ्जाल फेसबूकमा एक भावुक स्टाटस लेख्दै केकीले भनेकी छिन्, ‘उनी रोइन् किनकि उनले जे भोगेकी छिन्, जे सहेकी छिन्, उनलाई मात्र थाहा छ ।’

‘उनी रोइन् आफ्नो प्रेमलाई सम्झिएर, उनीजस्ते कसैको सौभाग्य सम्झिएर, आफ्नो दुर्भाग्य सम्झिएर,’ केकीले आफ्नो केकी लेख्छिन्, ‘उनी रोइन किनकि उनले आज न्याय माग्ने हिम्मत गरिन्, उनी रोइन् किनकि न्याय माग्दा व्यथा बुझ्ने न्यायमूर्ति पाइनन्, उनी रोइन किनकि थप्पड हान्नु नै अपराध हो, तिमीले न्याय पाउँछौ भनेको सुनिनन् ।’

शिल्पाले आफूले ३ वर्षमा घरेलु हिंसा बेहोर्नुपरेको भन्दै पति छविराज ओझाविरुद्ध उजुरी हालेकी थिइन् । उनले पतिले सधै श‌ंकाको दृष्टिले हेरेको र हातपात गरेको बताउँदै आएकी छिन् । केकीलाई यो खबरले दु:खी तुल्याएको बताएकी छिन् ।

यही सन्दर्भमा केकीले लेखेको स्टाटस यस्तो छ:

उनी रोइन्।

मैले जे भोगेकी छु। जे सहेकी छु। मलाई मात्र थाहा छ। यति भन्दै उनी रोइन्। उनी किन रोइन्?

उनी रोइन् किनकी उहाँलाई उनीले अरुसँग बोलेकै मनपर्दैन रे। उनी रोइन् किनकी आज एकैछिन् अरुसँग बोलेको उहाँले देखि त हाल्नुभो। उनी रोइन् किनकी उहाँ साथ दिने साथी होइन, कमजोरी केलाउने काजी होइबक्सदो रहेछ। दण्ड दिने हुकुम होइबक्सदो रहेछ। उनी रोइन्, किनकी विदेशी विश्वविद्यालयमा पढेर आएका उहाँका साथीहरु बीच उनको वौद्धिक स्तर नपुग्दो रहेछ।

उनको नपुगेको बौद्धिकस्तर माथि उहाँले बारम्बार व्यंग्य गर्नुहुँदो रहेछ। उनी रोइन्, किनकी उनी मोफसलमा जन्मिएकी हुन्। सहरको ढंग उनले जानिनछिन्। समयमै सिक्न सकिनछिन्। सिक्दा-सिक्दै त्रुटिहरु गरिछन्। उनी रोइन्, किनकी तरकारीमा आज नुन कम भएछ। उनी रोइन्, किनकी उनीसँग भान्साकोठा छ। मुख धुन पानी छ। आँसु पुछ्न टालो छ।

उनी रोइन्, किनकी आफ्नो देवर, आफ्नो नन्द, आफ्नो अमाजुहरुसँग उनको बोली गुलियो भएनछ। सासु-ससुरालाई ढोग्न बिर्सिएछिन्। उनी रोइन्, किनकी उनी दाइजो कम ल्याउने बुहारी परिछन्। उनी रोइन्, किनकी उनी असल आमा हुनसक्थिन्, भइनन्। उनी रोइन्, किनकी उनी असल ठूलीआमा हुन्। सानिमा हुन्। आमा होइनन्। बाँझी हुन्।

उनी रोइन्, किनकी अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो। उनी रोइन्, किनकी उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन्। गाउन सक्ने गला छ। नाँच्न सक्ने कम्मर छ। उनी रोइन्, किनकी पलंगमा एउटा छेउ छ। सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ। आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ।

उनी रोइन्, आफ्नो प्रेमलाई सम्झिएर। उनी जस्तै कसैको सौभाग्य सम्झिएर। आफ्नो दुर्भाग्य सम्झिएर। गरिब आमाबुवाको सामाजिक प्रतिष्ठा सम्झिएर। उनी रोइन्, आज उनको नानीलाई सानो चोट लाग्यो। त्यही चोटको बहानामा उनलाई ठूलो चोट लाग्यो। उनी रोइन्, किनकी उनलाई थप्पड थाहा छ। लात थाहा छ। मुक्का थाहा छ। काट्दा नदुख्ने, लुछ्दा दुख्ने कपाल थाहा छ।

उनी रोइन्, किनकी उनी भीडमा पनि एक्लै छिन्। उनी रोइन्, किनकी उनीसँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्ने धम्कीले जरा गाडेको मन पनि त छ। उनी रोइन् किनकी सहनशीलताको बाँध भत्किएको छैन। आँसु अझै बाँकी छ।

उनी रोइन् किनकी उनले आज न्याय माग्ने हिम्मत गरिन्। उनी रोइन्, किनकी न्याय माग्दा, व्यथा बुझ्ने न्यायमूर्ति पाइनन्। उनी रोइन्, किनकी थप्पड हान्नु नै अपराध हो तिमीले न्याय पाउँछौ भनेको सुनिनन्। उनी रोइन्, किनकी उनलाई उल्टै सोधियो के त्यो थप्पडले कानको जाली फुटेकै हो त?

उनी रोइन्, किनकी उनीले जे भोगेकी छिन्। जे सहेकी छिन्। उनलाई मात्र थाहा छ।

(तपाईं हामीबीच भएका सबै ‘उनी’हरुलाई घरेलु हिंसाविरुद्ध बोल्ने साहस मिलोस्। साहसी सबैलाई न्याय मिलोस्।)

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : ३३ बजे

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार