छविले लेखे– ‘कुनै अदालत जानु पर्दैन, छवि ओझाको अदालतमा आउनुस् न्याय पाउनुहुन्छ’ « Khabarhub

छविले लेखे– ‘कुनै अदालत जानु पर्दैन, छवि ओझाको अदालतमा आउनुस् न्याय पाउनुहुन्छ’


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– चलचित्र निर्माता तथा निर्देशक छवी ओझा र अभिनेत्री समेत रहेकी उनकी श्रीमती शिल्पा पोखरेलबीचको झगडाले थप चर्को रुप लिएको छ । घरायसी झगडाकै कारण केही दिन अघि सिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् ।

त्यसको भोलिपल्ट सिल्पा र छवीबीच मिलापत्र भएको भन्दै निस्किएपछि झगडा अझै साम्य भएको छैन । उनीहरुबीच डिभोर्ससम्मको स्थिति पुगेको चलचित्र बजामार हल्ला चर्किएको छ ।

यो झगडा सुल्झिनुको साटो दिनदिनै बल्झिँदै गएको छ ।उनीहरु युट्युबमा दुबै एकअर्कालाई गलत साबित गर्न लागिपरेका छन् । शिल्पाले छविका पुराना घाउ पनि कोट्याइरहेकी छिन्, छवि तिनको बचाउमा लागेका छन् ।

दुबैले एक अर्कालाई गलत साबित गर्ने प्रयास गरिरहँदा छवि ओझाले सोमबार मध्यरात १२ बजे शिल्पालाई सम्बोधन गर्दै स्ट्याटस लेखेर आफ्नो अदालतमा आए न्याय पाउने जिकिर गरेका छन् ।

मध्यरातमा लेखेको स्ट्याटसमा निर्माता ओझाले शिल्पासँग तीन दिनदेखि भेट्न खोज्दा पनि समय नदिएको र आफू शिल्पासँग टेबलमा बसेर छलफल गर्न तयार भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाईंलाई पनि पार्दिन । मैले तीन दिनदेखि भेट्न खोज्दा तपाईंले मेरो वकिलले भेट्छ भन्नु भयो । म फेरि पनि भन्दैछु , संसारको कुनै पनि अदालत जानु पर्दैन । छवि ओझाको अदालतमा सिधै आउनुस् । तपाईंले न्याय पाउनुहुन्छ ।’

स्ट्याटसमा छविले शिल्पाले लगाएका सबै आरोपमा सत्यता नभएको पनि जिकिर गरेका छन् । उनले शिल्पा मिल्न तयार भएर आफू गल्ती कमजोरी सच्याएर गान्धी बन्न तयार रहेको पनि बताएका छन् ।

गत आइतबार शिल्पाले छविले आफूमाथि कुटपिट गरेको भन्दै शिल्पाले प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । ओझाले आफूबाट गल्ती भएको भन्दै लिखित माफी मागेपछि दुबैलाई प्रहरीले मिलाएर पठाएको थियो ।

उनको स्टाटस यस्तो छ –

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ११ : ०२ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता