कोरियन भाषा परीक्षा पास गरेकाको सीप परीक्षण अब मंसिरमा हुने | Khabarhub Khabarhub

कोरियन भाषा परीक्षा पास गरेकाको सीप परीक्षण अब मंसिरमा हुने


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० मा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तिर्ण गरेका परीक्षार्थीको सीप परीक्षणको परीक्षा मिति सरेको छ । यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने कामदारको सीप परीक्षा मंसिर महिनामा हुने भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ ।

ईपीएसको लिखिप परीक्षामा पास भएकाहरुको सीप परीक्षा भदौ ४ देखि १८ गते हुने मिति तय भएको थियो । तर, कोरियाको एचआरडीले समय सार्न पत्राचार गरेपछि मिति सारेर मंसिर ४ गतेदेखि २९ गते सम्म हुने भएको शाखाले जानकारी दिएको छ । सीप परीक्षाको नतिजा भने पौष ४ गते सार्वजनिक हुने शाखाले जनाएको छ ।

ईपीएसमार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तिर्ण भएका छन् । जसमध्ये कोरियाको मानव संशाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको वैदेशिक रोजगार इपीएस शाखाले जानएको छ ।

एचआरडीले औद्योगिक क्षेत्रका लागि ४ हजार ७ सय र कृषिमा २ हजार जनालाई सीप परीक्षण सहभागि गराउन शाखालाई जानकारी गराएको शाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ११ : ०८ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत