आज गुरु पूर्णिमा, गुरुको दिशा निर्देश पालना नै पहिलो पूजा | Khabarhub Khabarhub

आज गुरु पूर्णिमा, गुरुको दिशा निर्देश पालना नै पहिलो पूजा


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असार शुक्ल पूर्णिमाको दिन आज देशभरी गुरु पूर्णिमा पर्वको रुपमा मनाईदै छ । यो दिन महर्षि वेदव्यासको जन्म पनि भएको थियो । अतः यसलाई व्यास पूर्णिमा पनि भन्ने चलन छ । यस दिनदेखि ऋतु परिवर्तन पनि हुने गर्दछ ।

यो दिन शिष्य (बिद्यार्थी)हरुले आफ्नो गुरुको विशेष पूजा गर्ने गरेका छन् । साथै गुरुहरुलाई सद्भावले दक्षिणा, फुल, कपडा तथा बिभिन्न उपहार पनि दिने चलन छ । उपहार दिन नसके पनि गुरुको आस्थाभावको पुजा गर्नाले शिक्षाशक्ति बढ्ने धार्मिक विश्वास रही आएको छ ।

सामान्यतः हामीले आफूलाई औपचारिक रुपमा शिक्षा दिनेलाई मात्र गुरु मान्ने गरेका छौं तर वास्तवमा ज्ञानदिने गुरु मात्र गुरु नभई आफूलाई जन्म जन्मान्तरको संस्कार सिकाउने, प्रेरणा पात्र, ईश्वर भक्तिमा आस्था जगाउने, सद्बुद्धि दिने, ध्यान गर्ने, भगवानको आस्था सिकाउने जो कोहि पनि गुरु हुनसक्छ ।

भनिन्छ जसलाई गुरु मानिन्छ उसको दिशा निर्देशको पालना गर्नुनै गुरुप्रतिको पहिलो पुजा हो । जसले गुरुको आज्ञा पालना गर्दछ, उसलाई आजकै दिन गुरु पुजा गर्नुपर्छ भन्ने अनिवार्य हुँदैन ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : ११ बजे

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

जनकपुर– आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०-८१ को

वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक

काठमाडौं – वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपाली

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल