प्रदेश २ सरकारको बजेट ३८ अर्ब ७२ करोड | Khabarhub Khabarhub

प्रदेश २ सरकारको बजेट ३८ अर्ब ७२ करोड


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ३८ अर्ब ७२ करोडको बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिलामन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गरेका हुन् । चालूतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार अर्थात ४९.८१ प्रतिशत र पूँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार अर्थात ५०.१९ प्रतिशत विनियोजन गरिएको छ ।

बजेटको स्रोतका रुपमा आन्तरिक राजस्वबाट रु १३ अर्ब, ५४ करोड, ३१ लाख, ६९ हजार, नेपाल सरकारबाट प्राप्त बिभिन्न अनुदानबाट रु १६ अर्ब १७ करोड, ७४ लाख र चालू आ.ब. बाट नगद मौज्दात हुने रु ७ अर्ब ७० करोड, ७२ लाख, ९२ हजार प्राप्त हुने र रु १ अर्ब ३० करोड आन्तरिक ऋण लिइने छ ।

प्रदेश सरकारले गत वर्षबाटै सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ का लागि रु ३९ करोड ३३ लाख बजेट छुट्टयाइएको छ । मुख्यमन्त्री स्वच्छता अभियानका लागि रु ३१ करोड ३३ लाख, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि रु २० करोड छुट्टयाएको छ ।

आठै जिल्लामा मझौला तथा साना सिंचाईका लागि रु १ अर्ब बजेट प्रदेश सरकारले विनियोजन गरेको छ । प्रदेश सरकारले मठमन्दिर, मस्जिद, गुम्बाको संरक्षण र सम्बर्द्धनका लागि रु ४० करोड विनियोजन गरेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ३९ बजे

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ