चीनको छेङदु नगरले दियो काठमाडौं महानगरलाई दुई ब्रुमर | Khabarhub Khabarhub

चीनको छेङदु नगरले दियो काठमाडौं महानगरलाई दुई ब्रुमर


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धुलोरहित सफा शहर बनाउने अभियानमा जुटेको काठमाडौं महानगरपालिकालाई चीनको छेङदु नगरले २ वटा ब्रुमर हस्तान्तरण गरेको छ ।
चीनले उपलब्ध गराएको २ करोड ३७ लाख रुपैयाँ बराबरको २ वटा ब्रुमर आइतबार एक कार्यक्रमको आयोजना गरी महानगरलाई हस्तान्तरण गरिएको हो ।

चीनको छेङदु नगरपालिकाका प्रतिनिधिले काठमाडौं महानगरपालिकालाई ब्रुमरको चाबी हस्तान्तरण गरेको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले रिबन काटेर ब्रुमरको औपचारिक उद्घाटन गरे ।

छेङदुले महानगरलाई दिएका ब्रुमर युरो ५ मापदण्डका छन् । महानगरको ईन्जिनियरिङ शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार लम्बाई ८.६ मिटर र चौडाई ३.५ मिटरका ब्रुमरामा २ वटा इञ्जिन छन् ।

गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । १५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् । धुलो र पातपतिंगर संकलन गर्न प्रयोग गर्न सकिने यी बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ ।

सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्नेछ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले सडकको अवस्था हेरी प्रतिघण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ रुपैयाँ रहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : २४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र