भारत पाकिस्तानबीचको खेल बर्षाले प्रभावित | Khabarhub Khabarhub

भारत पाकिस्तानबीचको खेल बर्षाले प्रभावित


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानको खेल बर्षाका कारण प्रभावित भएको छ ।

म्यान्चेस्टरको वर्ल्ड ट्राफोर्डमा ४६.४ ओभरको खेल चलिरहँदा पानी परेपछि प्रभावित भएको हो । अहिले खेल रोकिएको छ । पाकिस्तानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको भारतले खेल प्रभावित बन्नु अगाडि ४ विकेटको क्षतिमा भारतले ३ सय ५ रन बनाएको छ ।

जारी खेलमा भारतका लागि ओपनिङ ब्याट्सयान रोहित शर्मा र केएल राहुलले उत्कृष्ट ब्याटिङ गरे । ब्याट्सम्यान द्वयले १सय६३ रनको साझेदारी पारी खेलेका थिए । त्यसैक्रममा सर्वाधिक १सय४० रन बनाएका रोहितले १४ चौका र ३ छक्का प्रहार गरेका थिए भने राहुलले ५७ रन बनाए ।

कप्तान विराट कोहलीले ६२ बलमा ६ चौका प्रहार गर्दै ७१ रन बनाएका छन् । भारतविरुद्ध पाकिस्तानका मोहम्मद आमिरले २ विकेट लिए भने यस्तै, हसन अलि र वाहब रियाजले समान १–१ विकेट लिए ।

बर्षा रोकिए केही बेरमा भारत मैदान उत्रिनेछ बर्षाले खेल प्रभानवित गरेको खण्डमा आईसीसीले खेल केही ओभर घटाएर डीएल मेडथमा खेलाउन सक्नेछ । इङ्ग्ल्यान्ड विश्वकपमा बर्षाले धेरै खेल खल्लो बनाइसकेको छ । लाखौं क्रिकेट प्रशंसक टिभी अगाडि बसिरहँदा भारत पाकिस्तानको खेललाई पनि बर्षाले प्रभावीत पारेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ५९ बजे

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री