प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्ण पाठ) | Khabarhub Khabarhub

प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्ण पाठ)


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिराटनगर– प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ ।

प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७६/०७७ कालागि चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात ४३.९ प्रतिशत, पुँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत बजेट सार्बजनिक गरेका हुन् ।

सरकारले वित्तीय व्यवस्था तर्फ ८ करोड अर्थात ०.२ प्रतिशत रहेको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेकाे छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेट आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड छ ।

चालु आर्थिक वर्षकालागि ३५ अर्ब २ करोडको बजेट सार्बजनिक गरेको प्रदेश सरकारले आगामी वर्षका लागि करिब ७ अर्ब वृद्धि करिब ४२ अर्बको बजेट सार्वजनिक गरेकाे हो । बजेटले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : २८ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर