भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जना पक्राउ | Khabarhub Khabarhub

भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जना पक्राउ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रहरीले भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली डलर र नक्कली सुनलाई सक्कली भन्दै लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

काठमाडौंको थलीमा ८ लाख, कपनमा ७ लाख ठगी गरि भागेका उनीहरुलाई १५ लाख ठगी गर्न लागेको अवस्थामा आज बिहान भक्तपुरको साँगाबाट पक्राउ गरी कारबाही प्रक्रियालाई अघि बढाइएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुले काठमाडौंको नयाँ बसपार्क, बौद्ध क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई लुटपाट गर्दै आएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : २५ बजे

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै