भारतीय ट्रकका चालक मृत अवस्थामा फेला | Khabarhub Khabarhub

भारतीय ट्रकका चालक मृत अवस्थामा फेला


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगन्ज महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) क्षेत्रमा भारतीय नम्बर प्लेटको ट्रकका चालक मृत अवस्थामा फेला परेका छन् ।

भन्सार जाँच पासका लागि पार्किङ एरियामा राखिएको भारतीय नम्बर प्लेट डब्लूबी ११ बी ५४१० नम्बरको ट्रकका चालक मृत अवस्थामा फेला परेका हुन् ।

भारतको बिहार छाप्रा जिल्ला सिमान–१ घर भएका ४५ वर्षीय महन्थ यादव ट्रकको छेउमा मृत अवस्थामा फेला परेका पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार यादवको शव आइतबार विहान करिब ६ बजे ट्रकको छेउमा फेला परेको हो ।

घटनास्थलको मुचुल्का उठाउनेदेखि प्रारम्भिक अनुसन्धानपछि शवको पोस्र्टमार्टमका लागि नारायणी असप्तालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : २५ बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले