एसिड आक्रमण गर्ने भुजेलको बयान– श्रीमतीको ब्यवहारले रिस थाम्न सकिनँ | Khabarhub Khabarhub

एसिड आक्रमण गर्ने भुजेलको बयान– श्रीमतीको ब्यवहारले रिस थाम्न सकिनँ


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार राति श्रीमतीलाई एसिड छ्यापेको आरोपमा पक्राउ परेका विष्णु भुजेलले अपराध स्वीकार्दै प्रहरीसमक्ष बयान दिएका छन् ।

उनले श्रीमतीको सम्बन्ध अन्य व्यक्तिसँग रहेको आशंकाले रिस थाप्न नसकी एसिड प्रहार गरेको प्रहरी समक्ष बयान दिएका हुन् ।एसिड प्रहार भएको केही समयमै भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो । उनले प्रहरीसँगको बयानका क्रममा उनले पटक–पटक श्रीमतीलाई सँगै बस्न जति फकाउँदा पनि नमानेपछि आफू आक्रोशमा आएको बताएका छन् ।

मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो। उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। बुधबार राति सवा ८ बजेतिर बाटोमा हिडिँरहेकी जेनीमाथि एसिड हमला भएको थियो। बोतलमा एसिड भरेर ल्याएका भुजेलले जेनीको टाउकोमा खन्याइदिएका थिए। उनको टाउको र हात जलेको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : ५३ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले