फिलिपिन्सले क्यानाडाबाट राजदूत फिर्ता बोलायो | Khabarhub Khabarhub

फिलिपिन्सले क्यानाडाबाट राजदूत फिर्ता बोलायो


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– फिलिपिन्सले क्यानाडाबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ । फोहोरको विषयमा विवाद बढ्दै गएपछि फिलिपिन्सले क्यानडाबाट राजदूत नै फिर्ता बोलाएको हो ।

फिलिपिन्सको विदेशमन्त्रालयका अनुसार क्यानाडाले सन् २०१३ र २०१४ मा फिलिपिन्समा ल्याएर थुपारेको ९ सय टन फोहोर फिर्ता नगरेपछि क्यानाडाबाट आफ्ना राजदूत नै फिर्ता बोलाउनु परेको जनाएको हो । यसअघि फिलिपिन्सले क्यानाडालाई फोहोर फिर्ता गर्न मे १५ सम्मको सीमा दिएको बताइएको छ । यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले फोहोरका विषयमा क्यानाडासँग युद्ध नै लड्ने चेतावनी दिएका थिए । यता फिलिपिन्सको राजधानी मनिलास्थित क्यानाडाको राजदूतावासले फोहारको समस्या समाधानका लागि काम भइरहेको जनाएको छ ।

क्यानाडाको एक निजि कम्पनीले सन् २०१३ र २०१४ को अवधिमा १ सय ३ सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो । हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यतिकै राखिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ७ : ०१ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा