‘ठगी धन्दा’ जोगाउन बैंकिङ कारोबार गर्न मान्दैनन् म्यानपावर व्यवसायी | Khabarhub Khabarhub

‘ठगी धन्दा’ जोगाउन बैंकिङ कारोबार गर्न मान्दैनन् म्यानपावर व्यवसायी


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीले सम्पूर्ण कारोबार बैंकबाट गर्नुपर्छ । इजाजत प्राप्त म्यानपावरलाई बैंकिङ कारोबार अनिवार्य पनि गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावरलाई पटक–पटक बैंकबाट आर्थिक कारोवार गर्न निर्देशन नै दिएको छ ।

तर, म्यानपावर व्यवसायीले भने सरकारी निर्देशनको वेवास्ता गर्दै आफना एजेन्टमार्फत नगद मै कारोबार गरी श्रमिकलाई विदेश पठाउँदै आएका छन्। व्यावसायीले तोकेको मापदण्ड भन्दा बढी असुली गर्न बैंकिङ कारोबार गर्न मानेकै छैनन् ।

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारसँग नगद जति कारोबार गरेपनि सरकारले तोकेको १० हजार रुपैयाँ लिएको रसिद मात्र कामदारलाई दिने गरेका छन् । जसका कारण ठगीमा परेका रोजगार पीडितले आफुले तिरेको वास्ताविक प्रमाण नहुदाँ विगोदावी गरेजति क्षतिपूर्ति नपाउने गरेका छन् ।

वैदेशिक रोजगार ऐनमा म्यानपावरले कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदा बैंकमार्फत् मात्र नगद कारोबार गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, म्यानपावर र श्रमिक दुवैले बैंकबाट आर्थिक लेनदेन नगर्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा युएई जान तयारीमा रहेका काभ्रेका राजु बस्नेतले आर के म्यानपावर प्रालिलाई १ लाख ८५ हजार नगद तिरेको बताए । उनले उक्त म्यानपावरलाई बैंकिङ प्रणालीमार्फत् नभइ नगद नै दिएको जानकारी दिए । बैंकमार्फत पैसा दिन्छु भन्दा म्यानपावरले नमानेपछि नगद नै बुझाउन परेको उनले सुनाए । १ लाख ८५ हजार बुझाएपनि उनको हातमा भने अहिले २० हजारको मात्र रसिद छ ।

ललिपुरका मनोज कामीले इर्नर्जी ओभरसिज म्यानपावर प्रालीमार्फत् ५ महिनाअघि साउदी गएका थिए । कामीले साउदी जादाँ म्यानपावरमा १ लाख ४० हजार नगद बुझाएको बताए । म्यानपावरसँग गरेको सम्झौता अनुसार काम र दाम नपाएपछि स्वदेश फर्किएका उनी अहिले आफ्नो लगानी फिर्ता गराउन वैदेशिक रोजगार विभाग धाउन थालेका छन् । तर, उनीसँग पैसा बुझाएको प्रमाण केहि पनि छैन । जसले गर्दा अहिलले म्यानपावरलाई तिरेजति क्षतिपुर्ति दावी गर्न समस्या भएको कामीको भनाई छ ।

यसैगरि, सिराहाका रामजन साहले ओमन जाँदा वल्ड न्यु इन्टरनेशनल रिसोर्स प्रालिमा १ लाख ४० हजार तिरे । तर, म्यानपावरले १० हजारको रसिद मात्र दिएको गुनासो लिएर विभागमै पुगेका उनलाई भेटियो ।

आफूलाई भनिएको भन्दा अर्कै काम परेपछि ५ महिनामा फर्किएका साह अहिले विभागमा म्यानपावरलाई तिरेको रकम फिर्ताका लागि उजुरी गर्न विभाग पुगेका हुन् । बैंकमार्फत पैसा नबुझाउँदा फर्किएपछि म्यानपावरका नाममा उजुरी गर्नुपरेको साहको भनाई छ । उनीहरु जस्ता धेरै रोजगार पीडितले नगदमा कारोवार गर्दा समस्यामा परेपछि आफुले तिरे जति क्षपिूर्ति पाउनबाट बञ्चित हुने गरेका छन् ।

यसरी वैदेशिक रोजगारीमा जाने श्रमिकले सिधै नगद रकम एजेन्टमार्फत म्यानपावरलाई बुझाउदै आएका छन् । जसका कारण विदेशमा समस्यामा परेर फर्किएका कामदारलाई कानूनी रुपमा न्यायका लागि प्रमाण जुटाउन समस्या हुने गरेको छ । यो विषयमा राज्यले खासै चासो लिएर काम नगरेको पीडितको गुनासो छ । वैदेशिक रोजगार विभागमा ठगीको समस्या लिएर दैनिक २० भन्दा बढी पीडित धाउने गरेका छन् । प्रायः सबै आर्थिक शोषणमा परेका भन्दै पीडित आउने गरेको विभागले जनाएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारसँग आर्थिक कारोवार नगदमा नभइ बैंकमार्फत गर्न म्यानपावर र रोजगारीमा जाने कामदारलाई अपिल गरिरहेको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाईँले बताउँछन् । तर, म्यानपावर र कामदार दुवैले विभागको अपिल नसुन्दा पीडितलाई न्याय र पीडकलाई सजाय दिन नसकिएको उनको भनाई छ ।

विभागले सबै म्यानपावर कम्पनीलाई आर्थिक कारोवार गर्ने निर्देशन दिएपनि कतिपय म्यानपावर कम्पनीले नगदमा लेनदेन गरिरहेको उजुरी लिएर पीडित विभागमा आउने गरेको निर्देशक गुरागाईँले बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारसँग केही राम्रा म्यानपावरले बैंकमार्फत आर्थिक कारोवार गदै आएका छन् । कामदार ठगी गर्ने नियतका म्यानपावरले चाँही नगदमा आर्थिक लेनदेन गरिरहेका छन् । यसरी आर्थिक लेनदेन गर्ने म्यापावरमाथि विभागले कानुनी कारवाही गदै आएको छ । उजुरीका आधारमा अनुगमन तथा छापा पनि मार्ने गरेको छ ।’

सरकारले २०७२ सालदेखि खाडी र मलेसिया जाने कामदारका हकमा फ्रि–भिसा र फ्रि–टिकट लागू गरेको छ । तर, म्यानपावरले भने यि देश जाने कामदारसँग १० हजारको रसिद दिएर ३ लाखभन्दा धेरै आर्थिक रकम असुली गर्दै आएको छ ।

असुलीको नयाँ काइदा

पछिल्लो समय म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा श्रमिकको आपूर्ति गदै नयाँ रणनीति अपनाएर बढी पैसा लिन थालेका छन् । उनीहरुले श्रमिकसँग जादाँ लाग्ने सेवा शुल्क लिएको अडियो र भिडियो रेकर्ड गरेर प्रमाण संकलन समेत गदै आएका छन् । श्रमिकलाई रोजगारीका लागि विदेश जाँदा म्यानपावरलाई १० हजार मात्र बुझाएकै हो भनेर रेर्कड गदै आएका छन् । जसका कारण भोलि रोजगारीमा गएका श्रमिक समस्यामा परेर फर्कियो भने प्रमाण देखाएर उम्किन सजिलोका लागि म्यानपावरले नयाँ रणनीति लिने गरेका छन् ।

सरकारले निधारण गरेको १० हजार रुपैयाँ सेवा शुल्कमात्र लिएर कामदार पठाउन नसकिने भएकाले आफ्नो पक्षमा प्रमाण बलियो बनाउन म्यानपावर कम्पनीले नयाँ चलाखी गरिरहेका छन् ।

एजेन्टको विगबिगी

पछिल्लो समय म्यानपावर व्यवसायीले एजेन्टलाई डिमाण्ड ल्याएपछि कोटा छुटाइदिने गरेका छन् । म्यानपावरमार्फत कोटा पाएका एजेन्टले देशका मुख्य शहरमा म्यानपावरकै शाखा कार्यालय खोलेर युवा बटुलेर व्यवसायीलाई दिदै आएका छन् ।

यसरी आएका कामदार समस्यामा पर्दा म्यानपावरले एजेन्टलाई देखाएर आफु कानूनी झमेलाबाट जोगिने गरेका छन् । एजेन्टमार्फत् रोजगारीमा पठाइएका श्रमिक समस्यामा परे म्यानपावरले एजेन्टलाई दोषलगाएर जिम्मेवारीबाट पन्छिने गरेका छन् ।

हाल सरकारले म्यानपावर कम्पनीका प्रतिनिधि (एजेन्ट)लाई खारेज गरेको छ । तर, खारेजीमा परेका एजेन्टमार्फत नै कामदार ल्याउने काम अझै जारी छ । यो विषयमा सरकार मौन देखिन्छ । हाल विभागमा एजेन्टले नै धेरै पैसा ठगेको उजुरी आउने गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ३ : ०७ बजे

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा