अब बढी धुँवा फ्याँक्ने गाडीलाई कारबाही | Khabarhub Khabarhub

अब बढी धुँवा फ्याँक्ने गाडीलाई कारबाही


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी साधनको प्रदूषण मापन गर्दा काठमाडौं उपत्यकामा मात्रै चार सय ७६ सवारी साधनको प्रदूषण फेल भएको पाइएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्य योजनाअन्तर्गत शुरु भएको अभियानमा ती गाडीको प्रदूषण फेल भएको पाइएको हो । ती सवारी साधनलाई कारवाही गरी मापदण्डअनुसारको बनाउन निर्देशन दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए ।

चैत २१ देखि वैशाख ३ गतेसम्म दुई हप्ताको अवधिमा ती गाडीलाई कारवाही गरिएको हो । सो अवधीमा ट्राफिक प्रहरी महाशाखाले शुकेधारा, गौशाला, धुम्बाराही, चप्पल कारखाना, शंखपार्कलगायत आठ क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएको तथा दुई हजार ६२७ मोटरसाइकल तथा स्कुटरलाई सचेतना शिक्षा प्रदान गरिएको थियो । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म र थापाथलीदेखि सोल्टीमोड र लाजिम्पाट क्षेत्रमा फुटपाथ व्यवसाय हटाइएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ९ : २५ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा