ट्रक र भ्यान ठोक्किएर दुर्घटना, ११ जनाको मृत्यु | Khabarhub Khabarhub

ट्रक र भ्यान ठोक्किएर दुर्घटना, ११ जनाको मृत्यु


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद–पाकिस्तानमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही महिला र बालबालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परी अरू ९ जना घाइते भएका छन् ।

मंगलबार ट्रक र यात्रुबाहक भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तीव्र गतिको ट्रकले भ्यानलाई ठक्कर दिएर दुर्घटना भएको सरकारी अधिकारीहरूको भनाइ छ । दुर्घटनापछि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परी १५ जना घाइते भएका थिए ।

घटनालगत्तै उद्धारकर्ता, प्रहरी र स्थानीयबासिन्दाले घटनास्थलबाट उद्धार गरेका थिए भने घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ९ : ०८ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै