प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाई बुधबार | Khabarhub Khabarhub

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाई बुधबार


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने भएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै बुधबार दिउँसो २ बजे सुनुवाई गर्ने निर्णय गरेको हो । त्यस अघि बिहान ११ बजे भने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ५ जनाको सुनुवाई भने बिहीबार गर्ने पनि निर्णय गरेको छ । सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित हरि फुयाँल, कुमार रेग्मी, मनोजराज शर्मा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय प्रकाश ढुंगाना र सुक्ष्मलता माथेमाविरुद्ध परेको उजुरीमाथि छलफल र सुनुवाई गर्ने कार्यक्रम पनि बिहीबार ५ गतेका लागि तय गरिएको समितिका सभापति कर्णले बताए ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सिफारिस प्रक्रिया नै गलत रहेको दाबि गर्दै २ वटा र अन्य ३ वटा गरी ५ वटा उजुरी परेको पनि संसदीय सुनुवाई समितिले जनाएको छ । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ५ : २२ बजे

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै

भक्तपुरको कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा