‘वीर विक्रम २’ को गीतमा पल र वर्षाको रोमान्स | Khabarhub Khabarhub

‘वीर विक्रम २’ को गीतमा पल र वर्षाको रोमान्स


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘वीर विक्रम २’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी फिल्ममा समावेश ‘वाचा’ बोलको गीत गीत सार्वजनिक गरियो ।

पल शाह र वर्षा शिवाकोटीलाई फिचरिङ गरिएको गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर सुन्न सकिन्छ भने संगीत ताराप्रकाश लिम्बुको रहेको छ । यस्तै गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । नरेश भट्टराईले गीतका शब्द लेखेका हुन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पल र वर्षा रोमान्टिक देखिएका छन् ।

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा पल र वर्षाका अलावा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिषा भण्डारी, मनिष लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रदीप भारद्वाजले स्किृप्ट लेखेको यो फिल्ममा नवराज उप्रेतीको क्यामेरा, वनिष शाहको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुदीप बरालको डीओपी रहेको छ ।

चलचित्र यही जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ५ : २३ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार