मुख्यमन्त्रीको ध्यानार्कषण | Khabarhub Khabarhub

मुख्यमन्त्रीको ध्यानार्कषण


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गल्कोट- प्रदेशसभा सदस्यद्वय इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गल्कोटसहित बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पुर्‍याएको क्षतिका बारेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानार्कषण गराएका छन् ।

बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यद्वयले बाढी तथा वर्षाका कारण भएको क्षति तथा राहतका विषयमा आज मुख्यमन्त्री निवासमा पुगेर उनलाई ध्यानार्कषण गराएका हुन्।

सो अवसरमा मुख्यमन्त्री गुरुङले बाढीपीडितको उचित व्यवस्थापनका लागि राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको सापकोटाले बताए ।

प्रदेशसभा सदस्यद्वयले बागलुङको गल्कोट, काठेलाखोला र जैमिनीमा भएको प्राकृतिक विपत्तिका बारेमा जानकारी गराउँदै क्षतिको विवरणका आधारमा राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरे ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ५८ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण