ऐश्वर्या र सलमान डेटिङ गएको तस्वीर एकाएक किन बन्यो भाइरल ? | Khabarhub Khabarhub

ऐश्वर्या र सलमान डेटिङ गएको तस्वीर एकाएक किन बन्यो भाइरल ?


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला दिन सलमान खान र ऐश्वर्या राय बच्चनको केही तस्वीर इन्टरनेटमा भाइरल बनेका छन् ।

त्यो पनि अहिलेको तस्वीर नभइ कयौं वर्ष पहिलाको । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सलमान र ऐश्वर्याको भाइरल भइरहेको तस्वीर उनीहरुबीचको प्रेम सम्बन्ध रहेको बेलाको भएको र डेटमा गएको बेलाको तस्वीर हो ।

दुबै हातले चियाको कप समातेकी ऐश्वर्याले मन्द मुस्कान दिएकी छिन् भने सलमान पनि खुसी देखिएका छन् ।

त्यस्तै अर्को तस्वीर पनि भाइरल भइरहेको छ । उनीहरुको यी तस्वीर सलमान र ऐश्वर्याका फ्यानहरुले शेयर गरिरहेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।

सलमान र ऐश्वर्याबीचको सम्बन्ध अहिले पनि चासोका साथ हेरिने गरिएको छ । फ्यानहरुले सलमान र ऐश्वर्याबीच विवाह होस् भन्ने चाहेका थिए तर त्यसो हुन सकेन ।

मिडिया रिपोर्टहरुका अनुसार सलमान र ऐश्वर्याबीच सन् १९९७ मा अफेयर शुरु भएको थियो जतिबेला सलमान पाकिस्तानी अभिनेत्री सोमी अलीसँग डेट गरिरहेका थिए । सलमानको जीवनमा जव ऐश्वर्याको प्रवेश भयो तव सोमी सलमानको जीवनबाट पछि हटिन् ।

समाचारहरुका अनुसार सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ को सुटिङको बेलामा सलमान र ऐश्वर्या गहिरो प्रेममा थिए । तर यो सम्बन्ध लामो समय चल्न सकेन । सलमानले ऐश्वर्यामाथि गर्ने शंकाका कारण उनीहरुबीचको सम्बन्धमा दरार उत्पन्न भएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : ०० बजे

अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक