४२ स्थानीय तहमा अझै पुगेनन् बैंकका शाखा | Khabarhub Khabarhub

४२ स्थानीय तहमा अझै पुगेनन् बैंकका शाखा


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् ।

सरकारले वित्तीय पहुँच पुर्‍याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्‍याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् । सरकारले स्थानीय तहमा नै बैंकका शाखा पुर्‍याई वित्तीय पहुँच पुर्‍याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याएर वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ । बैंकको विवरणअनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत माघ मसान्तसम्म मात्रै १२९ बैंकका शाखा खुलेका छन् ।

यस्तै प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३३ वटामा शाखा खुलेका छन् । सो प्रदेशमा तीन वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी छन् । प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११४ वटा शाखा खुलेका छन् । सो प्रदेशमा अझै चार वटा स्थानीय तह वित्तीय पहुँचबाट टाढा रहेका छन् ।

गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये हालसम्म ८२ वटा, प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये १०७ वटा बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ६४ वटामा बैंकका शाखा पुगेका छन् ।

सुदूरपश्चिमको ८८ स्थानीय तहमध्ये ८२ वटामा बैंकका शाखा खुलेका छन् । अझै छ वटा स्थानीय तहमा बैंकका शाखा नखुल्दा वित्तीय पहुँच पुग्न सकेको छैन । देशभर नै बैंक तथा वित्तीय संस्थाका शाखा माघ मसान्तमा सात हजार ७३१ वटा पुगेका छन् ।

त्यस्ता शाखा सङ्ख्या गत असार मसान्तमा छ हजार ६५१ रहेका थिए । केन्द्रीय बैंकको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा माघ मसान्तमा बढेर १५७ पुगेका छन् ।

यस्तै माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढ्दा १६४ वटा बैंक तथा वित्तीय संस्था सो प्रक्रियामा समावेश भएका छन् । त्यसमध्ये १२२ वटा संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम भएका छन् ।
–––

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ८ : ०९ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको