नेपाली चित्रकलामा लोभिन्छन् नेपाल आउने पर्यटक, पाटनमा चित्रकला सिक्दै चिनियाँ कलाकार | Khabarhub Khabarhub

नेपाली चित्रकलामा लोभिन्छन् नेपाल आउने पर्यटक, पाटनमा चित्रकला सिक्दै चिनियाँ कलाकार


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ । काठमाडौँ घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ ।

प्यागोडा शैली र कुँदिएका टुँडाल तथा आकर्षक भौतिक संरचनाले विदेशी नागरिकको मन छुन्छ । नेपालको पशुपतिनाथ, स्वयम्भू, दरबार स्क्वायर, हिम शृङ्खला, पहाडी प्रकृति र संस्कृति, विश्व शान्तिका प्रतीक भगवान् गौतमबुद्धको जन्मथलो लुम्बिनी, पर्यटकीय क्षेत्र कास्की, चितवनलगायत ठाउँमा पर्यटक घुमेर रमाउँछन् ।

यसरी नेपाली कला र संस्कृतिमा रमाउने मध्यका एक हुन् चिनियाँ चित्रकार सी यिछी । नेपाली चित्रकला र कलाकारको चित्रकारितामा लोभिएका चीनको सान्दोङ निवासी सी यिछी त्यहाँको चित्रकलाका शिक्षक हुन् । “नेपाली कला र संस्कृति साह्रै राम्रो, ललितपुरको पाटनस्थित दरबार स्क्वायरमा चित्रकला सिक्दै गरेका ‘सी’ले संक्षिप्त प्रतिक्रिया दिए ।

उनलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्वेयरमा चिनियाँ भाषा टाइप गर्छन् । त्यसलाई अङ्ग्रेजीमा रुपान्तरण गरेर कुराकानी गर्छन् । एक हप्ता अघिदेखिको उनको दिनचर्या यसैगरी बितिरहेको छ । उनलाई सहयोग गरिरहेका छन् , नेपाली चित्रकार एनवी गुरुङले ।

“मलाई गुरुङले जल रङबाट बनाएको चित्र औधी मन पर्छ, उहाँ एक अन्तर्राष्ट्रिय आर्ट मास्टर नै हो, म आर्ट टिचर भए पनि उहाँको त्यो कला सिक्न चाहन्छु”, उनले चिनियाँ भाषामा पठाएको मोबाइल सन्देश भने । नेपाली कला संस्कृति र भौतिक संरचनासँगै आकर्षक रहेको र यहाँका सर्वसाधारण सबै इमान्दार र सहयोगी लागेको भन्दै उनले यस्तो भएपछि नेपालमा पर्यटक आउन चाहने प्रतिक्रियासमेत दिए ।

चीनमा कलाकार धेरै भए पनि चित्रकारिताको शैली एकै खालको रहेको उल्लेख गर्दै ‘सी’ले नेपाली कलाकारको शैली फरक लागेर सिक्न आएको बताए ।

विगत पाँच महीनादेखि नेपाली चित्रकार गुरुङसँग वि च्याटमा सम्पर्क भएको थियो । “त्यसपछि उहाँ नियमित मलाई फलो गर्नु थाल्नुभयो, खै कसरी हो मेरो चित्रकलाले उहाँको ध्यान तान्यो, अनि सिक्नका लागि आउनुभयो”, चित्रकार गुरुङले भने ।उनले आफूले जानेका सबै सीप ‘सी’लाई सिकाइरहेको बताए ।

नेपालका मौलिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रमा पुगेर ‘सी’ले स्थलगत रुपमा चित्र बनाएरै नेपाली चित्रकला सिकिरहेका छन् । सोही सिलसिलामा उनी पोखरा पुगेका छन् । चीनमा उनी बढी तेल रङमा काम गर्छन् तर जल रङमा समेत उनले चित्र बनाउँदै आएका छन् ।

अहिले उनले जल रङको प्रयोग गरी नेपाली शैलीबाट मुहार चित्र र दृष्य चित्र सिकिरहेका छन् ।

यसअघि भारतका १५ कलाकार आएर नेपाली कला र संस्कृतिका चित्र क्यानभासमा उतारेका थिए । उनीहरुलाई त्रिकोणात्मक प्यागोडा शैलीका संरचनाले लोभ्याएको थियो । केही महिना अघि अन्तर्राष्ट्रिय जल रङ महोत्सवमा आएका सात देशका चित्रकारहरुले समेत नेपाली कला र संस्कृतिको खुलेर प्रशंसा गरेका थिए । उनीहरुमार्फत कलाको माध्यामबाट पनि नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विस्वास कलाकारहरुको छ । चित्रकारिताका लागि महिनै पिच्छे विदेशी चित्रकारहरु नेपाल आउने गरेका कलाकारहरु बताउँछन् ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १ : २२ बजे

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र