विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्की पक्राउ | Khabarhub Khabarhub

विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्की पक्राउ


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य मोहन कार्की पक्राउ परेका छन् ।

उपचारका लागि काठमाडौं आएका उनी ललितपुरस्थित डेराबाट शुक्रबार बेलुका पक्राउ परेको कार्कीको परिवारले जानकारी दिएको छ । सुगर बढेपछि उपचारका लागि आएका उनलाई शुक्रबार बेलुका गएको चार जना प्रहरीको टोलीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न २ हतियारधारी र २ सिभिल प्रहरी कार्की निवासमा पुगेका थिए ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि पक्राउ पर्नेमा कार्की सबैभन्दा उच्च तहका नेता हुन् । उनी विप्लव समूहको नेकपाको पोलिटव्युरो सदस्य हुन् । यसअघि केन्द्रीय सदस्य बन्दु चन्दलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विप्लवले चलाएका ध्वंसात्मक गतिविधिपछि अहिलेसम्म प्रहरीले ७३ भन्दा बढी विप्लवका कार्यकर्ता पक्राउ गरेको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १० : ४१ बजे

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको